काठमाडौं– तपाईलाई छिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोस् केही अघिसम्म मोबाईल वा ईमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गथ्र्यौ ।


ADVERTISEMENT


अहिले यस्ता सन्देशका कारण ठगिने नेपाली नगण्य छन् तर, पछिल्लो समय अन्तर्राष्ट्रिय ठगहरुले नयाँ उपाय अपनाउन थालेका छन् ।


ADVERTISEMENT

# # #


त्यो हो फोन ठगी टेलिफोन फ्रड ।

यो ठगीमा पीडित बन्न कुनै खातामा रकम जम्मा गर्नु पर्दैन, टेलिफोन कल उठाए वा कलब्याक गरे मात्रै पुग्छ । जापानी भाषामा वाङगिरी भनिने यस्तो तरिकाबाट प्रयोगकर्ता सजिलै ठगिन सक्छन् ।

जापानी भाषामा वाङगिरीका अर्थ हुन्छ घन्टी बनाउनु र छाड्नु । ठगहरुले विभिन्न देशका मोबाईल प्रयोगकर्तालाई यसैगरी झुक्याईरहेका हुन्छन् ।

प्रयोगकर्ताको मोबाईलमा एक घन्टी दिने र फोन काट्ने । प्रयोगकर्ताले उत्सुक भएर कल ब्याक गरे उनीहरुको मोबाईलबाट प्रसस्त रकम काटिन्छ । – आजको कान्तिपुर दैनिकबाट