काठमाडौँ– माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु गरेको छ ।


ADVERTISEMENT


आयोजना प्रभावित दोलखावासीलाई साधारण शेयर बिक्री र बाँडफाँट गरिसकेको छ । बुधबार मात्रै कम्पनीले दोलखावासीलाई साधारण शेयर बाँडफाँट गरेको हो । कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । धितोपत्र निष्काशन छिटोमा यही कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मङ्सिर १४ गतेसम्म हुनेछ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन् । कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।


ADVERTISEMENT

# # #


दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरिसकेको छ । यस्तै, आयोजना प्रभावित दोलखावासीका लागि गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म पहिलो चरणमा शेयर बिक्री गरिसकेको छ । कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारीलाई यसअघि नै शेयर बिक्री गरिसकेको छ ।

कम्पनीले सर्वसाधारण शेयरतर्फ रु १० अर्ब बराबरको शेयर बिक्री गर्ने जनाएको छ । त्यसमा सञ्चयकोषका सञ्चयकर्तादेखि स्थानीयवासी र आम सर्वसाधारण समेतको शेयरको हिस्सा रहनेछ । माथिल्लो तामाकोशी आयोजनाको बिजुली व्यावसायिक उत्पादनको लागि भने अझै एक वर्ष जति कुर्नुपर्ने छ । आयोजना प्रमुख विज्ञान श्रेष्ठले दोलखावासीले जस्तै सर्वसाधारणले पनि शेयरमा विशेष चासो राख्ने र धेरैभन्दा धेरै नागरिक सहभागी हुने अपेक्षा राखेको बताए ।