काठमाडौं– कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्चसमेत पाउने छन् ।


ADVERTISEMENT


आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा सुविधासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरेको छ ।


ADVERTISEMENT

# # #


विधेयक मंगलबार ससदमा दर्ता भएको छ । विधेयकमा सभामुखलाई ५३ हजार, उपसभामुख र विपक्षी दलको नेतालाई ५० हजार र सचेतक र समिति अध्यक्षलार्य ४८ हजार मासिक तलब प्रस्ताव गरिएको छ ।

त्यस्तै, कर्णालीमा मुख्यमन्त्रीको मासिक तलब ६१ हजार प्रस्ताव गरिएको छ ।

मुख्यमन्त्री र मन्त्रीहरुको सेवा सुविधासम्बन्धी ससदमा मंगलबार दर्ता विधेयकमा मुख्यमन्त्रीलाई मासिक ६० हजार ९ सय ७० तलब उपलब्ध गराउने प्रस्ताव छ । – आजको अन्नपुर्ण पोष्टबाट