काठमाडौँ– देशभरका २५ वटै दुर्गम जिल्लामा पर्याप्त नूनको मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ ।


ADVERTISEMENT


कर्पोरेशनका वरिष्ठ सूचना अधिकारी ब्रजेशकुमार झाले आव २०७५÷७६ मा नेपालको सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम, जुल्मा, डोल्पा, कालीकोट, मुगुलगायतका ती जिल्ला कूल ३१ हजार ४५१.३१ क्विन्टल मौज्दात रहेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


उहाँका अनुसार नेपालमा वार्षिक एक लाख ९२ हजार मेट्रिक टन नून खपत हुन्छ । यस वर्ष नेपालमा तिब्बतबाट एक हजार ४०० क्विन्टल नून आयात भएको छ । यसरी आयात भएको नून कर्पोरेशनले हुम्लाको हिल्सा नाकामा आयोडिन मिसाएर बजारमा पठाउने गर्दै आएको छ ।

साल्ट टे«डिङ कर्पोरेशनले अधिराज्यको १७ जिल्लाका ५३ स्थानमा सहुलियत दरमा नूनको ढुवानी गर्दै आएको छ । साल्ट टे«डिङ आफैँले नूनको प्रत्येक पुडियामा रु छ अनुदान दिँदै बिक्री गर्दै आएको छ । त्यसका लागि आवश्यक पर्ने ढुवानी खर्च अनुदानको रुपमा नेपाल सरकारले ब्यहोर्दै आएको झाले जानकारी दिए ।

उनले साल्ट ट्रेडिङ कर्पोरेशनले जहिले पनि छ महीनाका लागि आवश्यक नूनको मौज्दात राख्ने गरेको बताउँदै त्यस कारण देशभरि नै नूनको समस्या नभएको उल्लेख गरे ।

साल्ट ट्रेडिङले आयोनून, शक्ति नून, तेज नून, भानु नूनको बिक्री वितरण गर्दै आएको छ । शहरी क्षेत्रमा आयो नून तथा तराईमा शक्ति र तेज नून तथा दुर्गम क्षेत्रमा भानु नून पठाउने गरिन्छ ।