पोखरा – पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० मा बुटबल ब्लस्टर्सलाई १४१ रनको लक्ष्य दिएको छ ।


ADVERTISEMENT


पोखरा रंगशालामा टस जितेर पहिलो ब्याटिङको निर्णय गरेको विराटनगर टाइटन्सले २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १४० रन बनायो । २ ओभरमा ओपनिङ ब्याट्सम्यान सुनिल धमलालाई गुमाएको विराटनगरका लागि अर्का ओपनिङ ब्याट्सम्यन मोहमद जाइद आलमले ब्याटिङ लाइन सम्हाले ।


ADVERTISEMENT

# # #


टोलीका लागि उनले व्यक्तिगत ७२ रन बनाए । ७२ रन बनाउने क्रममा आलमले ५ छक्का र ६ चौका प्रहार गरेका थिए । भने अर्का ब्याट्सम्यान प्रदिप सिंह ऐरीले ४१ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । ओपनिङ ब्याट्सम्यान सुनिल धमला र पुष्प थापा शुुन्य रनमा आउट भए ।

विराटनगरलाई १४० रनमा रोक्न बुटबलका ललित भण्डारीले २ विकेट लिए भने सागर पुन, साम्सद शेख र विपीन खत्रीले समान एक—एक विकेट लिए । आजको खेलमा विराटनगर पराजित भए प्रतियोगिताबाट एक खेल नखेल्दै बाहिरिने छ भने बुटबलले जिते नकआउट चरण प्रवेश गर्नेछ ।