काठमाडौँ– पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले पहिलो जित निकालेको छ । यसअघिका दुबै खेल गुमाएको चितवनले आज भएको खेलमा धनगढी ब्लुजलाई १२६ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो । १९४ रनको लक्ष्य पच्छ्याएको धनगढी ब्लूज १६.२ ओभरमा सबै विकट गुमाउँदै ६७ रनमै समेटियो । धनगढीका लागि पिटर ट्रेगोले सर्वाधिक २७ रन बनाए । यस्तै योगेन्द्र सिंह कार्कीले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेननु् ।


ADVERTISEMENT

# # #


धनगढीको इनिङ ध्वस्त पार्ने क्रममा सन्न्ी पटेलले ४ विकेट लिए । ३.२ ओभर बलिङ गरेका उनले ८ रन मात्र खर्चिए । यस्तै भुवन कार्की र स्मित पटेलले समान २ २ विकेट लिँदा शक्ति गौचन र करण केसीका नाममा समान ११ विकेट रह्यो ।

यसअघि धनगढीको बलिङ राम्रो हुन सकेन । चितवनका लागि अनिल कुमार शाह र हरिशंकर शाहले उत्कृष्ट सुरुवात दिलाए । उनीहरुले पहिलो विकेटका लागि १०.४ अ‍ोभरमा १०१ रनको साझेदारी गरे । अनिलले ३४ बलमा ३७ रन बनाए । यस क्रममा उनले ३ छक्का र एक चौका प्रहार गरे । यस्तै हरिशंकर शाहले ३३ बलमा ५३ रन बनाउँदा ३ छक्का र ६ चौका हाने ।

यस्तै सन्नी पटेलले नटआउट २६ रन बनाउँदा स्मित पटेलले २४ र कप्तान पारस खड्काले १९ रन प्रहार गरे । करण केसी ११ रनमा नटआउट रहे । धनगढीका लागि दीपेन्द्र सिंह ऐरी, डेनाइल लरेन्स, योगेन्द्र सिंह कार्की र मञ्जित श्रेष्ठले समान ११ विकेट लिए ।

आजै अर्को खेल सन्दीप लामिछानेको टिम विराटनगर टाइटान्स र सोमपाल कामीको कप्तानीमा रहेको बुटवल ब्लास्टर्सले प्रतिस्पर्धा गर्नेछन् । यस अघिका तीनवटै खेल हारेको विराटनगर पहिलो जितको खोजीमा रहेको छ भने यसअघिका दुबै खेल जितेको बुटवल आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छु ।