कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ । घटनामा १० जना घाइते जना घाइते भएका छन् भने दुईवटा बसमा क्षति पुगेको छ।


ADVERTISEMENT


वाणगंगा– ४ गजेडाको भित्री बाटोमा दिउँसो साढे १ बजेतिर बम विस्फोट भएको नेपाल प्रहरीका डिएसपी प्रह्लाद अधिकारीले जानकारी दिए। नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता भइरहेको समयमा विस्फोट भएको हो ।


ADVERTISEMENT

# # #


बम विस्फोट कसले गरायो भन्ने खुल्न सकेको छैन। आइतबार उम्मेदवारी मनोनय दर्ताको दिन भएकाले त्यसैलाई प्रभावित पार्न बम विस्फोट गराइएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरी नायव निरीक्षक प्रकाश केसीले जानकारी दिए ।