जनकपुर– सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा रामनगर गाउँपालिका–४ बहुर्वाका ६० वर्षीय रामविलास महतोको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए।


ADVERTISEMENT

# # #


बिहान ८ बजे गोली प्रहारबाट महतोको घटनास्थलमा नै मृत्यु भएको हो। अन्य घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको छ। घटनास्थलमा अझै तनाव कायम रहेको प्रहरीले जनाएको छ। मध्यान्ह १ बजेसम्म जिल्लाबाट गएको प्रहरी घनास्थलमा पुग्न सकेको छैन।

गोलीको छर्रा लागिी अन्य केही व्यक्ति पनि घाइते भएका छन् । सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् भने रामविलास महतोका काका हुन् ।

सोही विवादलाई लिएर कार्यकर्ताबीच मंगलबार बिहान झडप भएको जनाइएको छ ।

अज्ञात व्यक्तिले भरुवा बन्दुक चलाउँदा रामविलासको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।