विराटनगर– नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ ।


ADVERTISEMENT


ती दुई पार्टीले आज यहाँ संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख र उपप्रमुख पदमा तालमेल गरिएको र अन्य पदमा आ–आफ्नै तरिकाले निर्वाचनमा सहभागी हुने जानकारी गराएको छ ।


ADVERTISEMENT

# # #


सोअनुसार विराटनगर महानगरको प्रमुख पदमा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार उमेश यादवलाई र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार नमिता न्यौपानेलाई सघाउने सहमति भएको माओवादी केन्द्रका जिल्ला संयोजक, गोपी अछामीले जानकारी गराए ।

सोहीअनुरुप, रतुवामाई नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका प्रकाश पौडेल र उपप्रमुखमा नारायण ताजपुरियालाई सघाउने सहमति भएको सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले बताए ।

त्यस्तै, धनपाल गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका विक्रम पासवान र उपप्रमुखमा सङ्घीय समाजवादी फोरमका इन्द्रमणिदेवी मण्डललाई र कटहरि गाउँपालिकाको प्रमुखमा सङ्घीय समाजवादी फोरमका श्याम मण्डल र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । उपप्रमुखका उम्मेदवारको छनोट केहीबेरमा हुने माओवादी केन्द्रका संयोजक अछामीले जानकारी गराए ।

सो अवसरमा लिम्बुवान प्रदेशका सहइन्चार्य भुराज राईले यी पार्टीबीच चारवटा स्थानीय तहमा भएको सहमतिका साथै अन्य स्थानीय तहमा पनि सहमति हुनसक्ने सम्भावना व्यक्त गरे ।