काठमाडौं– सोमबार बिहान अस्पताल भर्ना भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।


ADVERTISEMENT


केहीबेरअघि दाहालले प्रधानमन्त्रीलाई राखिएको मनमोहन कार्डियोलोजी भास्कुलर सेन्टर पुगेर उनको स्वास्थ्य अवस्था बुझेको दाहालको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


‘दुई अध्यक्षबीच कुराकानी पनि भयो । अध्यक्ष ओलीले सामान्य भाइरल भएको हो भन्नुभयो,’ दाहाललाई उद्धृत गर्दै उनको सचिवालयका बिष्णु सापकोटाले भने,‘ अहिले हामी पार्टी कार्यालय धुम्बाराही आइपुगेका छौं।’

यसअघि खोकी बढेपछि सोमबार बिहान सवा तीन बजे प्रधानमन्त्री ओलीलाई अस्पताल पुर्‍याइएको थियो ।अहिले अस्पताल परिसरमा नेकपा नेतारकार्यकर्ता र शुभेच्छुकको भीड लागेको छ ।

नेकपा महासचिव बिष्णु पौडेल र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि प्रधानमन्त्रीलाई भेटेर फर्किसकेका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र गृहमन्त्री रामबहादुर थापा अहिले अस्पताल परिसरमै छन् ।

अस्पतालले बिहान ९ बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी गराउने बताएको छ ।

प्रधानमन्त्री ओली केही दिन यता बिरामी परेका थिए। स्वास्थ्यका कारण उनी शनिबार पार्टीले आयोजना गरेको चियापानमा सहभागी भएका थिएनन् । उनको स्वास्थ्य जाँच गरेका वीर अस्पतालका चिकित्सक दीलिप शर्माले प्रधानमन्त्रीलाई रूघाखोकी र ज्वरो आएको तर छातिमा संक्रमण नभएको आइतबार बताएका थिए । चिकित्सकले प्रधानमन्त्री ओलीलाई तीन दिन आराम गर्न सल्लाह दिएका थिए ।