काठमाडौं– तयारी थालेको आठ वर्षपछि सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । तिहारलगत्तै सिंहदरबारमा कार्यरत निजामती कर्मचारी तथा पाँचथर जिल्लाबाट नागरिकको बायोमेट्रिक विवरणसहितको चिप प्रविधिको परिचयपत्र वितरण गर्न लागिएको हो ।


ADVERTISEMENT


गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आगामी साता परिचयपत्र छपाइको ‘फाइनल टेस्ट’ गर्दै छ । ‘१ नोभेम्बर (१५ कात्तिक) मा परिचयपत्र छपाइको फाइनल टेस्ट हुँदै छ,’ व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दीपक काफ्लेले भने, ‘अप्रत्याशित समस्या नआएमा कात्तिक महिनाभित्रै परिचयपत्र जारी गर्ने तयारीमा छौँ ।’ – आजको नयाँ पत्रिका दैनिकबाट


ADVERTISEMENT

# # #