काठमाडौं– मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरन आइतबार राती ११ बजेपछि मात्रै काठमाडौं आइपुगेका छन् ।


ADVERTISEMENT


नेपाल र मलेसिया बीच शुन्य लागतमा नेपाल श्रमिक लैजाने सहमतिपत्रमा हस्ताक्षर गर्न नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालले स्वागत गरे ।


ADVERTISEMENT

# # #


उनी सोमबार (आज) १० बजेबाट सुरु हुने मन्त्री स्तरिय बैठकमा सहभागी भइ समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । यो समझदारीसँगै रोजगारीको प्रमुख गन्तव्य मलेसियामा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् ।

६ महिनायता रोकिएको नेपाली कामदारको मलेसिया यात्रा अब खुल्ने तय भएको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दुई देशबीचको श्रम समझदारीमा हस्ताक्षर गर्ने अख्तियारी मन्त्री बिष्टलाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।

मलेसियाका मानव संशाधन मन्त्री कुलासेगरनले दिउँसो पाटन दरबार र नारायणहिटी दरबार संग्राहलयको अवलोकन गर्नेछन् । त्यसअघि सोमबार (आज) बिहान पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम समेत छ ।