काठमाडौं– सहचालकले चलाएको ट्रकले किचेर काठमाडौंको तारकेश्वर नगरपालिका–५ बोहोराटारमा ज्यान गुमाएका मृतकका आफन्त र ट्रक धनीबीच शनिबार प्रहरी प्रभाग बालाजुमा सहमति भएको छ । शुक्रबार बिहान १० बजेको घटनापछि आन्दोलित भएका मृतकका आफन्त एवं स्थानीयवासी र नवलपरासीको नवलपुर देवचुली–१६ का ट्रकधनी मनिराम महतोबीच दिनभर भएको वार्तापछि मृतकका परिवारलाई प्रतिव्यक्ति १२ लाख रुपैयाँ राहत दिने सहमति भएको हो ।


ADVERTISEMENT


दुई पक्षबीच भएको सहमतिअनुसार अब मृतकका परिवारले प्रतिव्यक्ति २५ हजार रुपैयाँ र मेडिकल खर्च पनि पाउनेछन् । मृतकका आफन्तसँग भएको वार्तामा ट्रकधनी महतोले दुई वर्षअघि आफूले १० लाख रुपैयाँमा मासिक ८५ हजार रुपैयाँ किस्ता बुझाएर ट्रक खरिद गरेको बताएका थिए ।


ADVERTISEMENT

# # #


अहिले आफूलाई यातायात व्यवसायी समितिबाट पनि कुनै सहयोग नहुने भन्दै उनले आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेकाले यसभन्दा बढी राहत दिन नसक्ने बताएका थिए । सो सहमतिपछि मृतकका आफन्तले अब पोस्टमार्टमपछि शव बुझ्ने प्रहरीले जनाएको छ । – आजको राजधानी दैनिकबाट