काठमाडौँ, फागुन ८। आन्दोलनरत विद्यार्थी सङ्गठनले लगाएको ताला देशभरिका त्रिभुवन विश्वविद्यालयका दुई क्याम्पस आङ्गिक क्याम्पसबाहेक सबैमा खुलेको छ ।


ADVERTISEMENT


स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सन्दर्भमा विभिन्न माग राखी आन्दोलन गरेका नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट पक्ष र नेत्रविक्रम चन्द निकट अनेरास्ववियु क्रान्तिकारीले लगाएको ताला सिरहास्थित सूर्यनारायण सत्यनाराण क्याम्पस र दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसबाहेक सबैमा खुलेको त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराएका छन्।


ADVERTISEMENT

# # #


उनले आन्दोलनरत विद्यार्थी सङ्गठन र अन्य विद्यार्थी सङ्गठनबीच सहमतिपछि सबै क्याम्पसमा ताला खोल्ने सहमति भए पनि दुई क्याम्पसमा नखोलिएको बताए ।

स्ववियु निर्वाचनको मिति सार्ने भएपछि क्याम्पसमा लगाइएको ताला खोल्ने सहमति भएको हो । त्रिविले फागुन १४ गते हुने निर्वाचनलाई फागुन १८ गते सारेको छ ।

उनले दुई क्याम्पसमा ताला खोल्ने विषयमा आन्दोलरत पक्षसँग कुरा भइरहेको बताए । स्ववियु निर्वाचनको निर्वाचन प्रक्रिया यही ११ गतेबाट सुरु हुँदैछ । सिरहामा नेपाल विद्यार्थी सङ्घ र दाङमा क्रान्तिकारीले ताला लगाएका छन् ।