काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान खल्लो भएको छ । आयोजक पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली चियापानमा सहभागी भएनन् ।


ADVERTISEMENT


ने क पाका महासचिव विष्णु पौडेलका अनुसार स्वास्थ्यमा समस्या देखिएका कारण प्रधानन्त्री चियापानमा सहभागी नभएका हुन् । “रुघा खोकी र छातीमा समान्य समस्या देखिएका कारण प्रधानमन्त्री ज्यू यहाँ सहभागी नहुनु भएको हो,” महासचिव पौडेलले भने, “शारीरिक रुपमा उहाँ यहाँ उपस्थित नभए पनि भावनात्मक रुपमा यो चियापानमा उपस्थित हुनुहुन्छ ।”


ADVERTISEMENT

# # #


पार्टीको सांगठनिक तथा भावनात्मक एकताबारे राखिएको जिज्ञासामा पौडेलले सांस्कृतिक अर्थराख्ने चाडपर्वका अवसरमा अयोजना गरिएको कार्यक्रममा राजनीतिक अर्थ नखोज्न आग्रह गर्दै त्यसका लागि उपयुक्त समय र ठाउँ नभएको बताए । प्रधानमन्त्री नै सहभागी नभएपछि चियापानमा अपेक्षित उत्साह कार्यकर्ता तथा सुवेक्षुकमा देखिएको छैन ।

उक्त चियापानमा संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा भने सहभागी भए । यसअसघ उनी नआउने जानकारी दिइएको थियो । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले संचारकर्मीलाई कुनै प्रतिकृया दिएनन् ।

काठमाडौंको भृकुटिमण्डपमा ने क पाले आयोजना गरेको चियापानमा ५० हजारलाई निम्ता बाँडिएको आयोजकले बताउँदै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकीकरणपछि पहिलो पटक आयोजना गरेको पहिलो चियापान हो यो । नेपालीहरूका प्रमुख चाड, दसैँ, तिहार, नेपाल सम्वत्, छठ, इद, ल्होछारलगायत पर्वका अवसरमा कात्तिक १० गते भृकुटीमण्डपमा पार्टीले सार्वजनिक चियापान कार्यक्रमको आयोजना गरेको हो ।