नवलपरासी– पश्चिम नवलपरासीमा गणेश मल्लाह (सहानी) को हत्या गोली हानेर भएको पुष्टि भएको छ ।


ADVERTISEMENT


मल्लाहको मृत्यु सामान्य धारिलो हतियारबाट नभई टाउकोमा गोली लागी भएको शव परीक्षण प्रतिवेदनमा देखाइएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–४ बर्दघाट पुल नजिकको बगैँचामा गत सोमबार राति पाल्हीनन्दन गाउँपालिका–१ सुनरीका ३६ वर्षीय मल्लाहको हत्या भएको थियो । टाउकोमा घरेलु हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएकोमा त्यसको विपरित गोली लागेर मल्लाहको मृत्यु भएको खुल्न आएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

सटगनको प्रयोग गरी मल्लाहको टाउकोमा एक राउण्ड गोली प्रहार गरिएको र त्यसैबाट उनको मुत्यु भएको खुल्न आएको उनले जानकारी दिए ।

हत्यामा संलग्न भएको आरोपमा यसअगावै पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका नर्मदेश्वर चौहान, दीनबन्धु भन्ने ओमकार पाण्डे र जनक गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिसकिएको पनि प्रहरी उपरीक्षक भट्टले बताए । रासस