काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दसैँ, तिहार, नेपाल सम्वत, छठ पर्वको अवसरमा आज (शनिबार) शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै छ ।


ADVERTISEMENT


चियापान समारोह भृकुटीमण्डपस्थित पार्कमा आज दिउँसो १२ बजेदेखि सुरु हुनेछ । कार्यक्रम बेलुकासम्मै चल्ने भने यसका लागि करिव ५० हजारलाई निमन्त्रणा गरिएको छ ।


ADVERTISEMENT

# # #


दिउँसो १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणका लागि निम्ता दिइएको छ । दिउँसो ३ देखि बेलुका ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका पदाधिकारी, कूटनीतिक नियोगका पदाधिकारीसहितलाई निम्ता गरिएको नेकपाले जनाएको छ ।

पार्टी एकताअघि तत्कालीन एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै चियापान गर्दै आएका थिए । एकताको प्रक्रियाले पूर्णता नपाएको र आन्तरिक विवाद बढी रहेका बेला आन्तरिक एकताको अवसरको रुपमा प्रयोग गर्ने नेकपाको तयारी छ ।