काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिने/नदिने भन्नेबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पेको छ ।


ADVERTISEMENT


नियमअनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूले निर्णय गर्न नसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख सहसचिव राजुमान मानन्धरले दसैंअघि नै प्रधानमन्त्री कार्यालयमा पत्र पठाइएको बताए । ‘कागजअनुसार उसैले पाउँछ तर यस्तो बदनाम भएकालाई कसरी दिने ?’ उनले भने ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री कार्यालयले यसबारे निर्णय गरेको छैन । – आजको कान्तिपुरबाट