काठमाडौँ– राजधानीमा आजबाट सुरु भएको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल विजयी भएको छ ।


ADVERTISEMENT


अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मैदान सातदोबाटोमा सम्पन्न खेलमा नेपाललेले माल्दिभ्सलाई ४ ० गोलको अन्तरमा पराजित गरेको हो ।


ADVERTISEMENT

# # #


नबुहान मोहम्मदले राकेश विश्वकर्मालाई फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । २८ औं मिनेटमा पाएको उक्त अवसरलाई जान लिम्बुले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए । ३५ औं मिनेटमा नमेश थापामगरले अर्को गोल थपेका हुन् । नेपालको तेस्रो गोल सशांक बोहराले ६३औं मिनेटमा गरेका थिए ।

चौथो गोल वैकल्पिक खेलाडी दिपेश राईले ७० औं मिनेटमा गरेका हुन् । राहुल विश्वकर्माकै पासलाई पोनाल्टी क्षेत्रमा रहेका दिपेशले पोष्टको दिशा दिएका हुन् । दिपेश ६२ औं मिनेटमा नमेशकै स्थानमा मैदान छिरेका थिए ।

जितसँगै नेपाल समुह ‘ए’ को शीर्ष स्थानमा छ । नेपाल अब शनिबार बंगलोदशविरुद्ध खेल्नेछ । यसअघि भएको उद्घाटन खेलमा पाकिस्तानले भारतलाई २–१ ले हरायो । पाकिस्तानका लागि अद्नान जस्टिनले ३६ र ८५औं मिनेटमा गोल गरेका थिए । भारतका लागि थालातुईले गोल गरेका थिए । समूह ‘बी’मा पाकिस्तान ३ अंकका साथ शीर्ष स्थानमा छ ।