पोखरा– पर्यटकीय नगर पोखरामा भोलिबाट शुरु हुने नमस्ते पोखरा प्रिमियर लिगको ट्रफी बिहीबार सहभागी ६ टोलीका मार्की प्लेयरले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


फेवातालको बीचमा रहेको तालबराही मन्दिरमा ६ फ्रेन्चाइज क्लबका मार्की प्लेयरले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् । ट्वान्टी स्वरुपमा हुने प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको विराटनगर टाइटन्स र शरद भेषावकरको पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ ।


ADVERTISEMENT

# # #


उद्घाटनका दिन एक खेल हुन्छ भने अरु दिन दुई खेल हुनेछन् । पोखरा र विराटनगरबाहेक चितवन राइनोज, धनगढी ब्लुज, काठमाडौं रोयल्स र बुटबल ब्लास्टर्सगरी ६ शहरको नाममा फ्रेन्चाइज क्लब बनाइएको छ । धनगढीमा दीपेन्द्रसिंह ऐरी, काठमाडौंमा ज्ञानेन्द्र मल्ल, चितवनमा पारस खड्का र बुटबलमा सोमपाल कामी मार्की प्लेयर रहेका छन् ।

राउन रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधै फाइलनका लागि छनोट हुनेछ । दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर चरण पूरा गर्नुपर्नेछ । इलिमिनेटर चरणमा दोस्रो र तेस्रो स्थान रहेको टोली बीचको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताकै दौरान एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल आउने भएकाले शनिबार खेलस्थल पोखरा क्रिकेट मैदानमा प्रदर्शन गरिनेछ । प्रतियोगिताका सबै खेल पोखरा रंगशालामा हुनेछन् ।

यस्तो छ खेल तालिका

कार्तिक ९
११ : ०० बजे विराटनगर टाईटान्स विरुद्ध पोखरा पल्टन

कार्तिक १०
९ :००  बजे चितवन राईनोज् विरुद्ध बुटवल ब्लास्टर्स
१ :१५  बजे कोठमाडौं रोयल्स विरुद्ध धनगढी ब्लुज

कार्तिक ११
९ : ०० बजे विराटनगर टाईटान्स विरुद्ध धनगढी ब्लुज
१ : १५ बजे बुटवल ब्लास्टर्स विरुद्ध पोखरा पल्टन

कार्तिक १२

९ : ०० बजे विराटनगर टाईटान्स विरुद्ध काठमाडौं रोयल्स
१ : १५ बजे चितवन राईनोज् विरुद्ध पोखरा पल्टन

कार्तिक १३ विश्राम

कार्तिक १४

९ : ०० बजे चितवन राईनोज् विरुद्ध धनगढी ब्लुज
१ : १५ बजे बिराटनगर टाईटान्स विरुद्ध बुटवल ब्लास्टर्स

कार्तिक १५
९ : ०० बजे चितवन राईनोज् विरुद्ध कोठमाडौं रोयल्स
१ : १५ बजे धनगढी ब्लुज विरुद्ध बुटवल ब्लास्टर्स

कार्तिक १६
९ : ०० बजे पोखरा पल्टन विरुद्ध धनगढी ब्लुज
१ : १५ बजे बुटवल ब्लास्टर्स विरुद्ध कोठमाडौं रोयल्स

कार्तिक १७ 
९ : ०० बजे कोठमाडौं रोयल्स विरुद्ध पोखरा पल्टन
१ : १५ बजे विराटनगर टाईटान्स विरुद्ध चितवन राईनोज्

कार्तिक १८
९ : ०० बजे एलिमिनेटर

कार्तिक १९ :  विश्राम

कार्तिक २० :  फाइनल