काबुल– अफगानिस्तानमा आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ ।


ADVERTISEMENT


शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ । काबुलको कैयौँ स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताएका छन्।


ADVERTISEMENT

# # #


तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए ।