रामचन्द्र पाण्डे, काठमाडौँ–  नेपालीहरुको महान चाड दशैँ सबैका घरघरमा आइरहँदा देशको राजधानी काठमाडौँ भने अहिले सुनसान देखिएको छ ।


ADVERTISEMENT


२६ लाखभन्दा बढी मानिसहरुले उपत्यका छाडेपछि सधैँ व्यस्त हुने काठमाडौँका सडक अहिले सवारी साधान पर्खिरहेका छन् ।


ADVERTISEMENT

# # #


सार्वजनिक सवारी साधान समेत अधिकांश नचलेकाले काठमाडौँमा निजी साधान नभएका सर्वसाधारणका लागि आवतजावत गर्न समस्या भइरहेको छ । यद्दपी नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेपनि त्यो प्रयाप्त हुन सकेको छैन । 

अघिपछि जताततै देखिने ट्राफिक जाम खोजेर पनि कतै भेट्न सकिँदैन । अधिकांश पसलहरु बन्द भइसकेकाले मुख्य बजारहरुमा पनि किनमेल गर्न आउनेको चाप घटेको छ ।