रामेछाप– काठमाडौँदेखि गाल्वातर्फ जाँदै गरेको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।


ADVERTISEMENT


दशँै मनाउन गाउँ फर्कँदै गरेको बा ३ख ४६७५ नं को बस आज अपराह्न ३ बजेतिर दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो । बालिकाको सनाखत हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शेख अदालतका अनुसार गाडी सडकबाट करीब ५० मिटर तल खसेको छ । घाइतेको सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित भरोसा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन् । विपरीत दिशाबाट आइरहेको गाडीलाई ठाउँ दिने क्रममा दुर्घटना भएको प्रहरीले आशङ्का गरेको छ ।