काठमाडौँ– बडादशैँका अवसरमा ७५ वर्ष माथिका २० वृद्धवृद्धालाई आज सम्मान गरिएको छ ।


ADVERTISEMENT


राजधानीको उत्तरपूर्वी भेगस्थित जगडोल (यज्ञडोल) मा जगडोल रेसिडेण्ट ग्रुपले आयोजना गरेको कार्यक्रममा गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्येष्ठ नागरिकका रुपमा जीवनयापन गर्न पाउनु ईश्वरीय वरदान भएको बताए ।


ADVERTISEMENT

# # #


वृद्धवृद्धालाई चिन्ता नगरी आध्यात्मिक चिन्तन गर्न उनले सुझाव दिए । ऐतिहासिक, पुरातात्विक र धार्मिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव र बूढानीलकण्ठ मन्दिरको बीचमा रहेको त्रेतायुगमा रावणले यज्ञ गरेको विश्वास गरिने यज्ञडोललाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न संस्कृतिविद् जोशीले सुझाव दिए ।

कार्यक्रममा गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख क्रमशः सन्तोष चालिसे र उद्धवप्रसाद खरेलले शताब्दी पुरुष जोशीलाई संयुक्तरुपमा सम्मान गरे । सो अवसरमा गोकर्णेश्वरका प्रमुख चालिसेले जगडोल–तारेभीर–सुन्दरीजलसम्म ‘हाइकिङ’ र ‘साइक्लिङ’ मार्ग विकास गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा रु एक करोड बजेट छुट्याइएको जानकारी दिए। ‘हाइकिङ’ र ‘साइक्लिङ’ मार्ग बूढानीलकण्ठसम्म जोड्न बूढानीलकण्ठ नगरपालिकासँग वार्ता भइरहेको पनि उनले सुनाए ।

बूढानीलकण्ठका प्रमुख खरेलले ‘हाइकिङ’ र ‘साइक्लिङ’ मार्ग बूढानीलकण्ठ मन्दिरसम्म पु¥याउन गृहकार्य भइरहेको बताए । धार्मिक पर्यटन प्रवद्र्धन गर्न दुवै नगरपालिकाले सहकार्य गर्ने उनको भनाइ थियो ।

सो अवसरमा सम्मानित व्यक्तित्व काशीनाथ पौडेल, कार्यक्रम संयोजक त्रिलोचन पौडेल, ग्रुपका अध्यक्ष राजेश पौडेल, स्थानीयवासी आत्माराम पौडेल, राजकुमार केसी, मकरध्वज लामा, राममणि पौडेललगायतले काठमाडौँ उपत्यकाको रमणीय दृश्य देखिने जगडोल डाँडाको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको विकास गर्न दुवै नगरपालिकाका प्रमुखसँग माग गरेका थिए । यो स्थल गोकर्णेश्वर नगरपालिकाको वडा नं ३ र बूढानीलकण्ठ नगरपालिकाको वडा नं ११ मा पर्छ ।