काठमाडौं – दशैंको अवसरमा नेपाली सेनाले सर्वसाधारणका लागि उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दशमीका दिन २ कात्तिकमा उपत्यकामा न्यून मात्र सवारी साधान चल्ने भएकाले बस सेवा सञ्चालन गरिएको हो ।


ADVERTISEMENT


सैनिक प्रवक्ता गोकुल भण्डारीका अनुसार दशमीका दिन काठमाडौं उपत्यकाभित्र सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा दिने उद्देश्यले ८ वटा रुटहरुमा ७ बजे, ११ बजे र ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १/१ वटा बस निःशुल्क सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।


ADVERTISEMENT

# # #


यी हुन् रुट :

रुट नं.१—  भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

रुट नं.२—  भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।

रुट नं.३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।

रुट नं. ४—  भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

रुट नं. ५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।

रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

रुट नं. ७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।

रुट नं. ८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।