काठमाडौँ– हिमालयन बैंक लिमिटेडले आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुलाई सहयोग स्वरुप कम्प्युटरहरु प्रदान गरेको छ ।


ADVERTISEMENT


बैंकले, श्री कुलेश्वर माध्यमिक विद्यालय (कुलेश्वर, काठमाडौं) लाई ६ थान, श्री तरुण माध्यमिक विद्यालय (बालाजु, काठमाडौं) लाई १२ थान र श्री सरस्वती उच्च माध्यमिक विद्यालय (ठेचो, ललितपूर) लाई १२ थान कम्प्युटर प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


यस्तै श्री जनजागृति आधारभूत विद्यालय (खोल्माटोल, निजगढ) लाई ५ थान तथा श्री महेन्द्रोदय माध्यमिक विद्यालय (भीमेश्वर, दोलखा) लाई पनि १० थान कम्प्युटर प्रदान गरेको छ ।

त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई सर्व सुलभ तथा गुणस्तरिय कम्प्युटर शिक्षा हासित गर्न सहयोग पुर्याउने उद्देश्यले कम्प्युटरहरु प्रदान गरेको छ ।

उक्त कम्प्युटरहरु एक समारोहको बिच बैंकका वरिष्ठ महाप्रबन्धक, महाप्रबन्धक तथा बैंकका कर्मचारीले हस्तान्तरण गरेका छन् ।