विराटनगर– मोरङमा एकजना पूर्वसांसदले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–२ लालभित्ती निवासी पूर्वसांसद कर्णबहादुर धिमाल आफ्नै घरको वरन्डामा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका सहायक प्रहरी निरीक्षक गोविन्द खवासले जानकारी दिए ।


ADVERTISEMENT


उनी २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा मोरङको प्रतिनिधित्व तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहको शाहीकालमा अञ्चल प्रशासक रहेका थिए । धिमाल मुटु, हर्निया आदि रोगबाट पीडित थिए । धिमालका श्रीमती तथा एक छोरा रहे पनि उनीहरू काठमाडौं बस्ने हुँदा धिमाल एक्लै लालभित्तीस्थित घरमा बस्दै आएका थिए । – आजको नेपाल समाचारपत्रबाट


ADVERTISEMENT

# # #