डोटी– जोरायल गाउँपालिका–१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ ।


ADVERTISEMENT


असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासी मानबहादुर मल्लले जानकारी दिएका छन् । उनले भने, “असिनाले पाक्नै लागेको धानबाली र तरकारी पूर्ण रूपमा नष्ट गरेको छ ।” दशैँको मुखमा धानबाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । रासस


ADVERTISEMENT

# # #