तपाईको सबैभन्दा लामो ‘नन-स्टप’ हवाई यात्रा कति घण्टाको थियो ? चाहे जति घण्टाको होस्, तर १९ घण्टा लामो भने पक्कै थिएन । किनकी आजसम्म जति फ्लाइट भए, ती सबै १९ घण्टाभन्दा कमका थिए ।


ADVERTISEMENT


तर बिहीबार जब सिंगापुर एयरलाइन्सको विमान न्यूयोर्कका लागि उड्नेछ, तब बिना रोकतोक लगातार १९ घण्टा उड्नेछ । सिंगापुर एयरलाइन्सले पाँच वर्षपछि फेरि एक पटक यस्तो सेवा सुरु गरेको छ । पाँच वर्षअघि सिंगापुरले धेरै महंगो सेवा भएका कारण यसलाई बन्द गरेको थियो ।


ADVERTISEMENT

# # #


यो विमानले १५ हजार भन्दा बढीको लामो दूरी तय गर्नेछन् । जसका लागि १९ घण्टा लाग्नेछ ।

अष्ट्रेलियाको कन्तास एयरलाइन्सले यस वर्षको सुरुवातमा पर्थकबाट लण्डनकालागि १७ घण्टा लामो ननस्टप यात्रा तय गरेको थियो । जबकी कतार एयरलाइन्सको एक फ्लाईट अकल्याण्डबाट दोहासम्म् उड्छ । यो पनि एक ‘नन-स्टप’ फ्लाईट हो । जसले आफ्नो यात्रा पूरा गर्न १७.५ घण्टा लगाउँछ ।

सिंगापुर एयरलाइन्सका अनुसार विमान यात्रुको माग थियो कि ‘नन-स्टप’ सेवा शुरु होस् र समयको बचत पनि । यदपी यस रुटमा विमान नभएका भने होइनन् । तर ती सबै कुनै न कुनै ठाउँमा रोकिन्थे वा अर्को मार्फत पठाउँथे ।

सिंगापुर एयरलाईन्सका अनुसार यस विमानको बिजनिस क्लास सिट धेरै पहिले नै बूक भइसकको थिए । विमानमा यात्रुको चाहाना बमोजिम २ पटक खाना मिल्नेछ ।

तर १९ घण्टासम्म लगातार यात्रुहरु चढन मन पराउलान् ?

यस नवीनतम एयरबस प्लेनमा कुल १६१ यात्रुका लागि बस्ने ठाउँ छ । जसमा ६७ सिट बिजनिस क्लास सिट रहेका छन् भने ९४ प्रिमियम इकोनोमी क्लास सिट रहेका छन् ।

एभिएशन विशेषज्ञ जेफ्री थोमस आफै पनि यस विमान मार्फत उडान भर्दैछन् । ‘यो रुटमा यस्तो यात्रा गर्ने अधिकांश यात्रु व्यापारसंग जोडिएका छन् वा यस्ता यात्री छन् जो ‘नन-स्टप’ यात्रा गर्न चाहन्छन् ।’ उनले बताए, ‘जसरी सिट बुकिङ भइरहेका छन्, यसबाटै प्रष्ट हुन्छ कि कति यात्रु यस विमान मार्फत जान आतुर छन् भनेर ।’

उनका अनुसार निश्चित रुपमा यो एक ऐतिहासिक क्षण हुनेछ ।-एजेन्सी