काठमाडौं – नेपाल आयोजक रहेको अन्डर–१५ साफ च्याम्पियनसिप फुुटबल खेल्ने २३ सदस्यीय नेपाली युुवा टोलीको घोषणा गरिएको छ । अक्टोबर २५ देखि नोभेम्बर ३ सम्म हुने प्रतियोगिताका लागि मंगलबार एन्फाले टोलीको घोषणा गरेको हो ।


ADVERTISEMENT


समूह ए मा नेपालसहित बंगलादेश र माल्दिभ्स रहेका छन् भने समूह बि मा भारत भुुटान र पाकिस्तान रहेका छन् ।


ADVERTISEMENT

# # #


गोलरक्षक : रोसन नेपाल, रोहन मगर र विनय श्रेष्ठ

डिफेन्डर : जान लिम्बू, निवास फुुयाँल, प्रमिस गुुरुङ, रोसन थापा, सृजन दानी, रोजित परियार, सुुशिल अधिकारी र ऋदेश सिंह ठकुुरी

मिडफिल्डर : प्रदीप लम्साल, मनग्य नकर्मी, दिपेश गुरुङ, प्रवीन मगर, राकेश बिके, शशांक बोहरा, निरन्जन मल्ल र धिरज बलायर

फर्वाड : नमस थापा, सोनम गुुरुङ, रोहित सुुब्बा, दिपेश राई