घोडाघोडी– कैलालीको बर्दगोरिया गाउँपालिका – २ बर्दगोरियामा ट्र्याक्टर दुर्घटना हुँदा आज घटनास्थलमै दुई जनाको मृत्युु भएको छ भने एक घाइते भएका छन् ।


ADVERTISEMENT


ढुङ्गा बोकेर फल्लेबिसौनाबाट मुडातर्फ आइरहेको से १ त ३९६९ नं को ट्र्याक्टर ब्रेकले काम नगरेपछि दुर्घटना हुँदा बर्दगोरिया–१ का ३५ वर्षीय डागु चौधरी र ४० वर्षीय सुरज कठरियाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते सोही स्थानका २० वर्षीय भीम कठरियाको अवस्था सामान्य रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #