काठमाडौं । सरकारले प्रदेश नम्बर २ मा निर्वाचन सारे पनि राजपाले प्रदेश १, ५ र ७ मा भाग लिने–नलिने अन्योल कायमै छ । प्रदेश नं. २ मा निर्वाचनको मिति सार्ने विषयमा दुई धार देखिएपछि शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर राजपाले औपचारिक धारणा बनाउने भएको छ ।


ADVERTISEMENT


अध्यक्षमण्डलका तीन सदस्य राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा काठमाडौंबाहिर भएकाले शुक्रबार मात्रै बैठक बस्ने भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


ADVERTISEMENT

# # #


‘अध्यक्षमण्डलको बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्छौं।’ राजपा नेता अनिल झाले भने ।