काठमाडौं– वातावरणविद्हरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा रूख काट्ने विषय विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले बोल्ने भएकाले जथाभावी नबोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सुझाएका छन् ।


ADVERTISEMENT


नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वअधिकारी वीरेन्द्रकुमार सिंहले विमानस्थलका लागि कति रूख काट्ने र कति क्षेत्रफल चाहिन्छ भन्ने प्रधानमन्त्री र मन्त्रीको विषय नभएको तर्क गरे । ‘कति रूख काट्ने पहिला डीपीआर हुनुपर्‍यो,’ सिंहले भने, ‘प्रधानमन्त्री र मन्त्रीले यति काट्ने, उति काट्ने भन्ने होइन।’


ADVERTISEMENT

# # #


डीपीआरबिनै पहिलो चरणको निर्माण अघि बढाउन भन्दै पर्यटन मन्त्रालयले २५ सय ५६ हेक्टर क्षेत्रफलको रुख काट्ने प्रक्रिया अघि बढाइदिन वन मन्त्रालयलाई झन्डै चार महिनादेखि दबाब दिइरहेको छ । – आजको कान्तिपुरबाट