काठमाडौं । प्रहरी अतिरिक्त महानिरिक्षक धिरु बस्न्यात अमेरिकाको पूर्वनिर्धारित कार्यक्रमको आफ्नो भ्रमण रद्ध गरेरै कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन जुटेका छन् ।


ADVERTISEMENT


नागरिक सुरक्षामा सरकारलाई नै चुनौति दिँदै जबरजस्ती करणी पछि भएको बिभत्सपूर्ण हत्याको अनुसन्धान छानविनको कमाण्ड सम्हालेका एआईजीपी बस्न्यातले अमेरिका स्थित फ्लोरिडा राज्यमा भईरहेको १२५ औं अन्तराष्ट्रिय प्रहरी प्रमुख संघको सम्मेलनमा जाने कार्यक्रमलाई छोडेर निर्मलालाई न्याय दिने कर्मलाई आफ्नो अजुनदृष्टि बनाएका हुन् ।


ADVERTISEMENT

# # #


अक्टोबर ६ देखि ९ सम्म भईरहेको सो कार्यक्रममा सहभागिताका लागि छानबिन समितीको नेतृत्व लिनु अघि नै बस्न्यातको नाम सिफारिस भई मन्त्रिपरिषदले समेत स्विकृती दिईसकेको थियो ।

साउन १० गते भएको घटनाको छानबिनका लागि बनेको समितीको नेतृत्व परिवर्तन गर्दै हत्या भएको ५१ दिन पछि भदौ ३१ गते सरकारले सो समितीको नेतृत्व सुम्पिएसंगै एआईजीपी बस्न्यात अहोरात्र छानबिनमा लागिरहेका छन् ।