एजेन्सी– क्रिस्टियानो रोनाल्डोले इटालियन लिग अन्तर्गत उडिनेजेविरुद्धको जितमा गोल गरेका छन् । शनिबार उनिनेको घरेलु मैदानमा २–० को जित निकाल्ने क्रममा रोनाल्डोले युभेन्ट्सका लागि गोल गरेका हुन् ।


ADVERTISEMENT


युभेन्टसलाई जिताउन रोनाल्डोसँगै रोड्रीगो बेन्टान्कुरले गोल गरेका थिए । खेलको ३३औं मिनेटमा जोआओ क्यन्सेलोको पासमा रोड्रीगोले गोल गरेका थिए । त्यसको चार मिनेटपछि रोनाल्डोले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।


ADVERTISEMENT

# # #


उनले ३७ औं मिनेटमा गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । रोनाल्डोले गोल गरेपछि आफ्ना सहकर्मीलाई केही ठाउँ खाली राख्न आग्रह गर्दै टेलिभिजन क्यामरा अगाडि आफ्नो ट्रेडमार्क सेलिब्रेसन गरेका थिए ।

उनको यो लिगमा चौथो गोल हो । यो सँगै रंगशाला ताली र गाली बराबर पाएका थिए । अमेरिकी महिलाले रोनाल्डोविरुद्ध ९ वर्ष अगाडि आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि दर्शकहरूले रोनाल्डोको विरोध गरेका हुन् ।

यसअघि खेल सुरु हुनुअघि रोनाल्डोको नाम लिँदा पनि दुवैतर्फका दर्शकले कुनै प्रतिक्रिया दिएका थिएनन् ।

यो जितसँगै युभेन्ट्सले लिगमा अपराजित यात्रा कायमै राखेको छ । लगातार आठौँ खेल जितेको युभेन्टस अंक तालिकामा १४ अंकसहित शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानमा रहरेको नेपोलीमाथि ९ अंकको अग्रता कायम गरेको छ । यद्यपी नेपोलीले एक खेल कम खेलेको छ ।