कञ्चनपुर– कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको आयोजना हुने भएको छ ।


ADVERTISEMENT


‘कृषि पर्यटन उद्योग र व्यापार समृद्धि बेलौरीको आधार’ भन्ने नारासहित बेलौरी उद्योग वाणिज्य सङ्घले मेलाको आयोजना गर्न लागेको हो । कात्तिक ८ देखि १८ गतेसम्म आयोजना हुने मेलामा स्थानीय उत्पादन, हस्तकलाका वस्तु, लघुउद्यम, जडिबुटी, कृषि उत्पादन, वैकल्पिक ऊर्जा, गार्मेन्ट, सूचना प्रविधि, औद्योगिक उत्पादन र मेशिनरीलगायतका सामग्री मेलामा राखिने छन् ।


ADVERTISEMENT

# # #


१५० स्टल रहने मेलामा धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार, थारू संस्कृति, मौलिक परिकारलगायत मेलाका आकर्षणका रूपमा रहने बेलौरी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष टेकबहादुर साउदले बताएका छन् ।

महोत्सवको माध्यमबाट बेलौरी छोटी भन्सारको स्तरवृद्धि, ग्रिन क्लिन सिटीको विकास र उद्योग स्थापना गर्न सघाउ पुग्ने उनले बताए । मेलाका लागि १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिलाई सघाउ पु¥याउन अन्य २२ उपसमिति गठन गरिएको छ ।

मेलामा रु चार करोडको कारोबार हुने अनुमान गरेका छौँ, सङघका अध्यक्ष लक्ष्मीनारायण चौधरीले भने, “नेपाल भारतका गरी एक लाख बढीले मेलाको अवलोकन गर्ने अनुमान छ ।” रासस