काठमाडौं– राष्ट्रपति निवासका रुपमा प्रयोगमा ल्याइएको शीतल निवास भत्काउन ठेक्का दिएर पनि अब नभत्काइने निर्णय गरिएको छ । पुरातात्विक एवं सम्पदागत महत्व बोकेको शीतल निवासलाई ‘रेट्रोफिटङ’ अर्थात प्रबलीकरण गरेर संरक्षण गरिने भएको हो ।


ADVERTISEMENT


०७२ सालको विनाशकारी भूकम्पबाट शीतल निवासमा क्षति पुगेपछि त्यसलार्इ भत्काएर राष्ट्रपतिको निवासका लागि नयाँ आधुनिक भवन बनाइने निर्णय गरिएको थियो । सो भत्काउनकै लागि डिजिकन इन्जिनियर्स कन्सल्टेन्ट प्रालिलाई ठेक्का समेत दिइसकिएको थियो । तर भत्काउने कुराको चर्को आलोचना भएपछि पूर्वनिर्णयमाथि पुनर्विचार गरिएको हो ।


ADVERTISEMENT

# # #


शीतल निवासको कलात्मक मोहडा जोगाउनुपर्ने र अग्रभाग भत्काउन नपर्ने रिपोर्ट विज्ञहरुले दिएपछि भत्काउने निर्णय रोकिएको थियो । विगतमा सहरी विकास मन्त्रालय, भवन विभाग र केन्द्रीय आयोजना कार्यान्वयनका अधिकारीहरु भत्काउने पक्षमा थिए । तर लामो अध्ययन र छलफलपछि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी तथा पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीबीचको भेटमा सो भवन नभत्काउने निर्णय भएको जनाइएको छ ।