काठमाडौँ– सरकारले निर्वाचन आयोगको असहमतिका बीच प्रदेश नम्बर २ को चुनाव आगामी असोज २ गते गर्ने औपचारिक निर्णय गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश नम्बर २ को चुनाव राखेर असोज २ मा गर्ने निर्णय गरेको हो । यससँगै स्थानीय चुनाव तीन चरणमा हुनेछ । प्रदेश नम्बर ३, ४ र ६ मा बैशाख ३१ गते चुनाव भएर भरतपुर महानगरपालिका बाहेकको परीणाम आइसकेको छ ।


ADVERTISEMENT

# # #


प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते चुनाव हुनेछ । प्रदेश नम्बर २ मा भने असोज २ गते हुनेछ । यसअघि सरकारले राष्ट्रिय जनता पार्टीसँग प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति जनाएको थियो । तर, यो निर्णयमा निर्वाचन आयोगको असहमति कायमै छ ।

सरकारले यो निर्णयसँगै असार १४ को चुनावमा राजपा सहभागी हुने दाबी गरेको छ । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले चुनावमा आउन राजपा सहमत भएको बताए ।