काठमाडौं– टि–२० वर्ल्डकप क्वालिफायर एसिया रिजनको समूह ‘बी’ मा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।


ADVERTISEMENT


नेपालले १२.४ ओभरमा २ विकेटको क्षतिमा मलेसियाले दिएको १०१ रनको लक्ष्य पूरा गरेको हो ।


ADVERTISEMENT

# # #


टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले १९ ओभर ३ बलमा अल आउट हुँदै १०० रन बनाएको थियो ।

कप्तान पारस खड्काले नटआउट ५२ र उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट २७ रन जोड्न सफल भए ।

सन्दीपले लामिछानेले सर्वाधिक ५ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिएका थिए ।

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ तथा कप्तान पारस खड्काको अर्धशतक मद्दतमा नेपालले लगातार दोस्रो खेलमा जित हासिल गर्न सफल भएको हो ।

यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई पराजित गरेको थियो ।