काठमाडौं– मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ अन्तरगत नेपाल र मलेसियाबीचको खेलमा घरेलु टोलीले नेपाललाई १ सय १ रनको लक्ष्य दिएको छ ।


ADVERTISEMENT


टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले १९ ओभर ३ बलमा अल आउट हुँदै १०० रन बनाएपछि नेपालले सो लक्ष्य पाएको हो ।


ADVERTISEMENT

# # #


पहिलो विकेटको लागि ओपनर सायिद अजिज र शफिक शरिफले ५ ओभरमा ३० रन को साझेदारी गर्दै मलेसियाले गतिलो सुरुवात गरेको थियो।

४ ओभर ५ बलमा सन्दीप लामिछानेले सायिद अजिजलाई विकेट किपर बिनोद भण्डारीको हातबाट क्याच आउट भएका थिए । तेस्रो विकेटमा नेपालले शरिफ र अमिदले ३९ को साझेदारीलाई भत्काइदियो ।

११ ओभर १ बलमा सोमपाल कामीले अमिद फैजलाई ७ रनमा पेभिलिएन फर्काएपछि मलेसियाको ब्याटिङ लयमा फर्किन सकेन ।

११ ओभर १ बलमा ७५–३ को स्थितिमा रहेको मलेसिया त्यसपछि १७ ओभर ३ बलमा आएपुग्दा धव्स्त हुँदै ९४–९ को स्थितिमा पुग्यो ।

मलेसियाका शफिक शरिफले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ४९ रन जोडेर आउट भए । नेपालका स्टार बलर सन्दिपले शरिफलाई १२ ओभर ३ बलमा सोमपालको हातबाट क्याच आउट गराइदिएका थिए।

खेलमा नेपालका लागि सन्दीपले ४ ओभरमा २० रन दिएर ५ विकेट लिएक । सन्दीपले १४ ओभर २ बलमा सिजर्रल आइड्रस शून्यमा आउट गराउँदै टी २० क्रिकेट करियरमा पहिलो पटक ५ विकेट लिए ।

उनी टी २० क्रिकेटमा एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् ।

नेपालका सोमपाल कामीले ३ र कप्तान पारस खड्काले १ विकेट झारे ।