इलाम– विभिन्न प्रकारका विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा असर पर्नथालेपछि सूर्योदय नगरपालिकाले विषादी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । गत साउन १ गतेबाट विषादी न्यूनीकरण अभियान शुरु गरेको नगरपालिकाले अहिले टोलटोलमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।


ADVERTISEMENT


नगरपालिकाले विभिन्न टोलटोलमा सञ्चालन गर्दै आएको प्राङ्गारिक कृषि प्रवद्र्धन र विषादी न्यूनीकरणसम्बन्धी अभियानमा पशुपतिनगर प्राथमिक स्वास्थ्यचौकीका डा दिवस सुनुवारले विषादीकै कारण मानव स्वास्थ्यमा परिरहेको असरबारे र वातावरणीय क्षेत्रमा परेको असरबारे कृषिविद् ज्योति अधिकारीले सहजीकरण गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


नगर प्रमुख रणबहादुर राईले नगरलाई समृद्ध बनाउनका लागि कृषिको महत्वपूर्ण भूमिका भएकाले विषादीरहित समाज निर्माणका लागि सक्दो सहयोग गर्ने बताएका छन् । प्राङ्गारिक खेतीका लागि भकारो सुधार कार्यक्रमका साथै उन्नत जातका गाईको बाच्छा–बाच्छी वितरण गर्ने योजना पनि रहेको उनले बताए । उक्त अभियानअन्तर्गत जैविक विषादी निर्माणसम्बन्धी सीपसमेत प्रदान हुँदै आएको छ ।

पाथीभरामा सफाइ
इलामको पाथीभरा मन्दिर क्षेत्रमा सफाइ गरिएकोे छ । भक्तजनले मन्दिरमा चढाउन ल्याएको वस्तु यत्रतत्र फालेर फोहर बनाएका कारण आसन्न नौरथामा मन्दिरमा विशेष पूजाआजा गर्न व्यापारी समूहको सक्रियतामा उक्त मन्दिरमा सफाइ गरिएको हो । मन्दिर क्षेत्र फोहर भए भक्तजन कम आउने र त्यसको प्रत्यक्ष असर व्यापारीलाई पर्ने भएकाले मन्दिर क्षेत्रको सरसफाइ गरिएको पाथीभराका माला व्यापारी समूहका सचिव मिलन भुजेलले बताए । उक्त मन्दिरमा हरेक वर्ष घटस्थापनादेखि महानवमीसम्म महादुर्गाको पूजाका साथै सप्तसती पाठ हुँदै आएको छ ।

फोहरलाई व्यवस्थित गर्न व्यापारीले नियम बनाएको व्यापारी समूहका उपाध्यक्ष दिनेश निरौलाले बताएका छन् । “प्रत्येक पसलले आ–आफ्नो पसलको अगाडि एउटा डस्टबिन अनिवार्यरुपमा राख्न र सिसाजन्य वस्तु विक्री वितरणमा रोक लगाएका छौं ।” रासस