काठमाडौँ– लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको प्रमुखमा भीम पराजुलीलाई उमेदवार बनाएको छ ।


ADVERTISEMENT


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बुधबारको बैठकले पराजुलीलाई महानगर प्रमुखको उमेदवार बनाउन निर्णय गरेको हो । विराटनगर नगर समितिका सभापति समेत रहेका पराजुलीलाई कांग्रेसका युवाहरुले उमेदवार बनाउन दबाब दिदै आएका थिए ।  नेकपा एमालेले स्थानीय नेता विनोद ढकालाई महानगर प्रमुखको उमेदवार बनाएको छ ।


ADVERTISEMENT

# # #


महानगरमा पराजुलीसहित सांसद अमृत अर्याल र नेतृ डिला संग्रौला दाबेदार थिए । पार्टी संस्थापन पक्ष सांसद अमृत अर्याल, मोरङ सभापति डिकबहादुर लिम्बुले डिला संग्रौलालाई र पराजुलीलाई शेखर कोइरालाले प्रमुखको उमेदवार बनाउन पहल गरिरहेका थिए ।

पराजुली महेन्द्र मोरङ क्याम्पसका पूर्वस्ववियु सभापति हुन् । कांग्रेसले विराटनगरसँगै तीन वटा प्रदेशको उमेदवारको टुंगो लगाएको जानकारी दिएको छ । इन्दिरा कार्कीलाई टिकट दिइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।