काठमाडौँ– नेपाली साङ्गीतिक बजारमा नेपाली चाड पर्व, विभिन्न संस्कृति र रहन सहनका विषयलाई लिएर गीत सङ्गीतको सिर्जना गर्ने गरिन्छ । यही क्रममा नेपालीहरू हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजया दशमी तथा शुभ–दीपावली नजिकिँदै गर्दा बजारमा नयाँ–नयाँ गीतहरू सार्वजनिक हुन थालेको छ ।


ADVERTISEMENT


यिनै चाड पर्वलाई समेटेर गायक तथा संगीतकार, पुष्कर सुनुवार र पूजा सुनुवारको स्वरमा रहेको”परदेशीलाई दशैं न तिहार”बोलको गीत सार्वजनिक भएको छ । गरिबीको कारणले विदेशिएका युवाहरूको जीवनमा आधारित उक्त गीतमा केशव विश्वकर्माको शब्द ,संगीतमा रहेको गीतमा पुष्कर सुनुवारले एरेन्ज गरेका छन् भने परदेशीएको मान्छे दशैंमा घर फर्किन नपाएको पीडालाई समेटेर गीत तयार पारिएको छ ।


ADVERTISEMENT

# # #


गीतको म्युजिक भिडियोमा विदेश गएको सम्झना र छोरा आउने बाटो हेर्दा हेर्दै बुढा बुढी भएका ती बुवा आमाको परदेशी छोरा प्रतिको माया र बिरामी भएका बुवाले छोरालाई देख्नै नपाई मरी जाने होकी भन्दै छटप्टिदै आँखु धारा बगाउँदै घरको पीडा परदेशी छोरा सँग फोन मार्फत साट्दै र चाडवाडमा हुने शुन्यतालाई टपक्कै टिपेर नेपाली समाजको चरित्र चित्रण गरिएको छ गीतमा ।

उक्त गीतको म्युजिक भिडियोलाई केशव विश्वकर्माले निर्देशन र छायाङ्कन गरेका छन् भने उत्कृष्ट अभिनय गरेका छन् ” जुना आले मगर, पुष्कर सुनुवार, जितेन बान्तवा ले भने भिडियोलाई सम्पादन मोहन सुनुवाले गरेका छन् ।

हेर्नुहोस भिडियोः