काठमाडौं– संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन अमेरिका भ्रमणमा निस्कएका प्रधानमन्त्री केपी शर्मा ओली १३ दिनपछि स्वदेश फर्किएका छन् । उनी बिहीबार अपरान्ह तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।


ADVERTISEMENT


गत असोज ६ गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री ओलीले असोज ११ गते संयुक्त राष्ट्रसंको ७३औं महासभालाई सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक बिकास अन्य मुलुकका लागि उत्कृष्ट उदाहरण बन्ने धारणा व्यक्त गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसअघि एशिया सोसाइटीको कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपीलसमेत गरेका थिए । अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री थेरेजा मे लगायत विश्वका उच्च राजनीतिज्ञहरुसँग भेटवार्ता गरेका थिए ।

महासभा सकिएपछि उनी कोष्टारिकाको चार दिने औपचारिक भ्रमण पनि गरेका थिए । सन् १९७७ मा दौत्य सम्बन्ध स्थापना भएपछि नेपालका उच्च अधिकारीले कोष्टारिका भ्रमण गरेको यो नै पहिलो पटक थियो ।