काठमाडौं– अरुलाई उपचार गरेर ज्यान बचाईदिने स्वास्थ्यकर्मी नै यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।


ADVERTISEMENT


इलाम नगरपालिका वडा नम्बर १२ कि १७ वर्षिया किशोरीलाई यौन दुर्व्यवहारको आरोपमा इलाम अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी बुधबार पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा इलाम आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी रहेका छन् ।

नवलपरासी स्थायी घर भई लामो समयदेखि इलाम अस्पतालमा कार्यरत सुबेदीले किशोरीलाई दुव्र्यवहार गरेको आरोप लागेको छ ।

उनलाई पीडित बालिकाले जिल्ला प्रहरीमा किटानी जहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

आरोपित सुवेदीलाई मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको इलामका प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए । – आजको नेपाल समाचारपत्रबाट