घोराही– नेपाली साहित्य र राजनीतिमा ऐतिहासिक प्रभाव छोड्न सफल जननायक बिपी कोइरलाको शालिक सदरमुकाम घोराहीमा बनाउन थालिएको छ ।


ADVERTISEMENT


घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा शालिक निर्माण शुरु गरेको नेपाली काङ्ग्रेस दाङका जिल्ला सचिव शङ्करप्रसाद डाँगीले जानकारी दिएका छन् । छ फिट अग्लो पूर्ण कदको सो शालिक बनाउन निर्माणको संयोजन काङ्ग्रेस क्षेत्र नम्बर ३ ले गरेको छ ।


ADVERTISEMENT

# # #


करीब १७ लाखको लागतमा शालिक पूर्णरुपमा तयार गरिने क्षेत्रीय सभापति भूपबहादुर डाँगीले जानकारी दिएका छन् । यस शालिकको निर्माण मङ्सिर मसान्तसम्म सकिनेछ । वि सं.२०६३ असार २७ गतेको साविक घोराही नगरपालिकाको बैठकले सो स्थानमा शालिक निर्माण गर्ने निर्णय गरेको थियो जसको २०७१ साल साउन ६ गते काङ्ग्रेसका नेता स्व खुमबहादुर खड्काले शिलान्यास गरेका थिए ।