काठमाडौँ– बंगलादेशमा जारी एसीसी यू-१९ एशिया कपबाट नेपाल बाहिरिएको छ । समूह ‘ए’ मा रहेको नेपाल आफ्नो दोस्रो खेलमा अफगानिस्तानसंग तीन विकेटले पराजित हुँदै समूह चरणमै सीमित भएको हो ।


ADVERTISEMENT


सोमबार बंगलादेशको ‘बीकेएसपी ४’ मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १३१ रन बनाउन सक्यो । १३२ रनको विजयी लक्ष्य पाएको अफगानिस्तानले ३७.३ ओभरमा सात विकेट गुमाउँदै जित दर्ता गरेको हो ।


ADVERTISEMENT

# # #


अघिल्लो चरणको यात्रा तय गरेको डिफेन्डिङ च्याम्पियन अफगानिस्तानका लागि जित दिलाउने क्रममा ब्याटिङतर्फ कप्तान रहमुन्लाह गुरबाजले २६ रन बनाए । यस्तै आरिफ खान र अजमातुल्लाह ओमाजाईले समान २३ रन बनाउँदा इजाज अहमदले १६ र रियाज हशानले ११ रन प्रहार गरे ।

नेपालका लागि बलिङतर्फ सूय तामाङले चार विकेट लिए । यस्तै पवन सरार्फले १० ओभरमा पाँच मेडेन ओभर फल्दै १८ रन खर्चिएर एक विकेट लिए । सागर ढकाल र राशिद खानका नाममा पनि समान ११ विकेट रह्यो ।

यता नेपालको इनिङमा रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । ८८ बलको सामना गरेका उनले ७ चौका प्रहार गरेका थिए । सँधैँजसो ओपिनिङ जोडी नचल्ने परम्परा यो पटक पनि दोहोरिएको छ ।

५ ओभरमा ६ रन बनाउँदा नेपालको पहिलो विकेट गुम्यो । रावि शाह २ रनमा आउट भए । त्यसपछि नेपालको लगातार विकेट गुम्ने क्रम जारी रह्यो । स्कोर २१ रन नपुग्दै नेपालको सुरुवाती चार विकेट गुमिसकेको थियो ।

यसक्रममा २ चौका प्रहार गरेका रित गौतम १० रनमा आउट हुँदा आशा गरिएका पवन सरार्फ र सन्दीप जोरा खाता नै खोल्न नसकी आउट भए । त्यसपछि दबाबमा आएको नेपालका लागि कप्तान आशिफ सेख र रोहित पौडेलले ५३ रनको साझेदारी गर्दै टिमलाई केही आशा देखाएका थिए । तर आशिफ २० रनमा आउट हुन पुगे ।

त्यसपछि आएका भीम सार्कीले पनि गतिलो खेल्न सकेनन् । उनी ५ रन जोड्दै पेवेलियन फर्किए । त्यस लगत्तै कमलसिंह ऐरी पनि शून्य रनमा आउट हुँदा नेपाल २७=३ ओभरमा ८१/७ को दयनीय अवस्थामा पुग्यो । नवौँ नम्बरमा आएका राशिद खानले ११९ रनको स्थितिमा पुर्याए । आक्रामक खेल्ने प्रयास गरेका राशिदले २५ बलमा ३० रन बनाउने क्रममा ५ चौका र एक छक्का ठोके ।

राशिद आउट भएपछि रोहितले सागर ढकालसंग थप १२ रन जोड्दै आउट भएको अर्को बलमा नेपालले सूय तामाङलाई पनि शून्य रनमा गुमायो । सागर ढकाल एक रनमा नटआउट रहे ।

यता ब्याटिङ ध्वस्त पार्ने क्रममा अजमातुल्लाह ओमाजाईले उत्कृष्ट खेले । ९ ओभर बलिङ गरेका उनले ४ मेडेन ओभर राख्दै १४ रन खर्चिएर ४ विकेट लिए । यस्तै अब्दुल रहमान र क्वीस अहमदले समान २/२ विकेट हात पारे । नाविद कबिर र रिजवानुल्लाहले पनि आफ्नो खातामा १/१ विकेट जोडे ।

यस्तै कप्तान कप्तान तथा विकेटकिपर रहमुन्लाह गुरवाजले उत्कृष्ट खेले । उनी एक्लैले नेपालका सातजना ब्याट्समेनलाई क्याच आउट गरे ।

यसअघि पहिलो खेलमा भारतसंग हारेको नेपालले अर्को खेल युएईसंग खेल्नेछ । जुन प्रतिष्ठाका लागि मात्रै हुनेछ ।