भक्तपुर– सूर्यविनायक नगरपालिका–२ चिलाउनघारीमा बा २ ज २३५२ नम्बरको ट्याक्सी सडकबाट १५० मिटर तल खोल्सामा खस्दा आज दुई जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


दुर्घटनामा ट्याक्सी चालक सिन्धुपाल्चोक मांखा घर भएका २४ वर्षीय बुद्धिबहादुर लामा र सोही ट्याक्सीमा सवार सिन्धुपाल्चोक सिम्ले घर भएका ४० वर्षीय मानबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गएराति भएको दुर्घटनामा घाइते भएका सोही ट्याक्सीमा सवार सिन्धुपाल्चोककै २५ वर्षीय राकेश तामाङ र कृष्ण तामाङको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका चालक लामाको ब्लू क्रस अस्पतालमा र तामाङको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।