काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सीएमजी संकटा क्लबले विजयी शुरुवात गरेको छ । लक्ष्मण रुचालले इन्जुरी समयमा गोल गरेपछि संकटाले सरस्वती क्लबलाई १–० ले पाखा लगाउँदै सुखद शुरुवात गरेको हो ।


ADVERTISEMENT


शनिबार उद्घाटन खेलमा उपाधि दाबेदार त्रिभुवन आर्मीले न्युरोड टिम (एनआरटी) सँग अंक बाँड्दा संकटा तीन अंक जोड्न सफल भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेल बराबरीमा टुंगिने संकेत गरे पनि लक्ष्मण अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए ।


ADVERTISEMENT

# # #


शनिबार भएको उद्घाटन खेलमा न्यरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबले २–२ को बराबरी खेल्दै अंक बाँडेका थिए । पाँच वर्षपछि शनिबारबाट शुरु भएको लिग बंगबन्धु गोल्डमा नेपालले सहभागिता जनाउने भएपछि संकटा र सरस्वतीबीचको खेलपछि केही दिनका स्थगित हुँदैछ ।