काठमाडौँ– एएफसी एसियन कप छनोटमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । यससँगै नेपालले अंकको खाता खोलेको छ ।


ADVERTISEMENT


समूह एफमा रहेको नेपालले यमनसँग होम म्याच अन्तर्गत आज गोलरहित बराबरी खेलेको हो । गोल नखाने नेपालको रणनीति सफल भएपनि जित भने हात पार्न सकेन ।


ADVERTISEMENT

# # #


काठमाडौँमा रहेको सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको ९० मिनेटको खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेल फालेका थिए । पहिलो खेलमा फिलिपिन्ससँग ४–१ ले पराजित भएको नेपालले अर्को खेल ताजकिस्तानसँग खेल्नेछ ।

मंगलबारको खेलपछि समूह एफमा रहेको नेपाल एकसहित तेस्रो स्थानमा छ । यमनसँग ४ अंकसहित शीर्ष स्थानमा उक्लिँदा फिलिपिन्स ३ अंकसहित दोस्रोमा छ भने अंकविहीन ताजकिस्तान पुछारमा छ ।